Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रचण्डलाई भेट्न देउवा पुगे बालुवाटार

प्रचण्डलाई भेट्न देउवा पुगे बालुवाटार

  • बुधवार, फाल्गुण १० २०७९

  • 559
    SHARES

  • प्रचण्डलाई भेट्न देउवा पुगे बालुवाटार

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएको छ ।

    २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ता हुँदैछ । दलहरु त्यसअघि नै सहमति गर्ने गरी छलफलको दौडधुपमा छन् । देउवाले बालुवाटार जानुअघि आफ्नै निवासमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुसँग भेट गर्नुभएको थियो ।

    कांग्रेसले राष्ट्रपति निर्वाचनमा आफूले उठाउने उम्मेदवारका लागि सहमति जुटाउन प्रयास गरिरहेको छ ।

     


    बुधवार, फाल्गुण १० २०७९०७:०९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij