Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माधव नेपाल भन्छन्ः सत्ता गठन्धन कुन दिन भत्किन्छ थाहा छैन

माधव नेपाल भन्छन्ः सत्ता गठन्धन कुन दिन भत्किन्छ थाहा छैन

  • आइतवार, फाल्गुण ७ २०७९

  • 490
    SHARES

  • माधव नेपाल भन्छन्ः सत्ता गठन्धन कुन दिन भत्किन्छ थाहा छैन

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ताधारी गठन्धन कुन दिन भत्किन्छ थाहा नभएको बताउनुभएको छ ।

    पार्टी निकट भ्रातृ संगठन अनेरास्ववियूको स्थायी कमिटीको कीर्तिपुरमा दोस्रो बैठक उद्घाटन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

    कार्यक्रममा बोल्दै उहाँले राष्ट्रपतिको चुनावबाट यो सत्ताधारी गठबन्धनको भविष्य टुङ्गो लाग्ने र त्यो एक हप्ताभित्र हुने पनि बताउनुभयो । सत्ताधारी गठबन्धनमा संविधान विरोधीदेखि संविधानका पक्षपाती सबै खाले शक्तिहरु भएका कारण उक्त गठबन्धन लामो नटिक्ने अध्यक्ष नेपालले तर्क राख्नुभयो ।

    यतिबेला कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटीको बैठक बसिरहेको छ । बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो संगठन कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना तर्जुमा गर्ने अनेरास्ववियूका प्रवक्ता मिलन राईले बताउनुभयो ।


    आइतवार, फाल्गुण ७ २०७९०२:५९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij