काठमाडौं । गृहमन्त्री रामबहादुर थापा जान नभ्याएपछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ ।
आज बस्ने भनिएको समितिको बैठकमा बाढी पहिरोका कारण भएको क्षतिको पछिल्लो अवस्था, बाढी पहिरोको जोखिम न्युनीकरण, पीडितलाई राहत र पुनस्र्थापनामा सरकारले गरेका कामबारे छलफलका कार्यक्रम राखिएको थियो । त्यसका लागि गृहमन्त्री थापालाई निमन्त्रणा गरिएको थियो ।
तर, आज १२ बजेका लागि तोकिएको बैठकमा आफू आउन नभ्याउने भनी मन्त्री थापाले जानकारी गराएपछि बैठक स्थगित भएको समितिको सचिवालयले जानकारी दिएको छ ।
थापाले समिति सभापति शशि श्रेष्ठलाई टेलिफोन गरी त्यही समयमा मन्त्रिपरिषद बैठक रहेकाले आफू आउन नभ्याउने जानकारी गराएको सचिवालयका एक कर्मचारीले जानकारी दिनुभयो ।