Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालीभाषीलाई प्रवासी भनेको विरोधमा आज सिक्किम बन्द

नेपालीभाषीलाई प्रवासी भनेको विरोधमा आज सिक्किम बन्द

  • बुधवार, माघ २५ २०७९

  • 435
    SHARES

  • नेपालीभाषीलाई प्रवासी भनेको विरोधमा आज सिक्किम बन्द

    काठमाडौं। भारतको सर्वोच्च अदालतले सिक्किम प्रान्तका नेपालीभाषीलाई विदेशी भनेपछि सुरु भएको आन्दोलन झन्झन् चर्किंदै गएको छ ।

    सिक्किमका पूर्वमूख्यमन्त्री पवन चाम्लिङको आह्वानमा आज बिरोधस्वरुप सिक्किम बन्द गरिएको छ ।त्यहाँको विपक्षी दल एसडिएफका नेतासमेत रहेका चाम्लिङले नयाँ दिल्लीको हर्कतविरुद्ध बोल्न डराएको भन्दै हालका मुख्यमन्त्री पीएस गोलेको राजीनामा समेत मागेका छन् ।

    गोले सरकारका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री मणि शर्माले पदबाट राजीनामा गरेका छन्।सिक्किममा ढिलोगरी आयोजना भएको बन्दको आंशिक प्रभाव छ ।

    पाँच दशकअघिसम्म छुट्टै देशका रुपमा रहेको सिक्किम सन् १९७१ मा भारतमा विलय भएको थियो ।अझै पनि त्यहाँका बासिन्दालाई हेर्ने दिल्ली संस्थापनको नजरियामा भने फेरबदल नआएको उनिहरुको गुनासो छ ।


    बुधवार, माघ २५ २०७९०१:३८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij