Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने नेता हुन योग्य छैनन् : सुन्दरमणी दिक्षित

रवि लामिछाने नेता हुन योग्य छैनन् : सुन्दरमणी दिक्षित

‘रिसको झोकमा सहनशक्ती र विवेकसबै गुमाए’
  • मंगलवार, माघ २४ २०७९

  • 557
    SHARES

  • रवि लामिछाने नेता हुन योग्य छैनन् : सुन्दरमणी दिक्षित

    काठमाडौं । सामाजिक अभियन्ता सुन्दरमणी दिक्षितले रवि लामिछानेले रिसको झोकमा आफ्नो सबै सहनशक्ती र विवेक गुमाएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै दिक्षीतले पत्रकार सम्मेलनमा लामिछानेको अभिव्यक्ति सुन्दा आफू छक्क परेको बताउँदै लामिछाने राजनीतिक गर्ने लायकको व्यक्ति नै नभएको स्पष्ट पार्नुभएको छ ।

    आफ्नो ज्यान जोखीममा पारेर समाजका सबै कुरितीलाई पर्दाफास गर्ने र जनतालाई सुसुचित गराउने मिडियाकर्मीमाथि खनिएर लामिछानेले गलत गरेको दिक्षितको भनाइ छ । कस्लाई र कसरी आलोचना, लाञ्छना लगाउनेबारे केहि हेक्का समेत नराखेर लामिछानेले रिसको आवेगमा आएर बोल्नै नहुने कुरा बोलेकोमा आपत्ती जनाउनुभयो ।

    लामिछानेले सबै जनतालाई गुमराहमा राखेर निर्वाचन जितेको पनि दिक्षितले आरोप लगाउनुभयो । लामिछानेमा नेतामा हुने कुनै पनि गुण नभएको बताउँदै मिडियालाई गाली गर्ने हैसियत कहाँबाट आयो भनेर प्रश्न समेत गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘सबै चोखा र इमान्दार छन् भन्ने खोजेको होइन तर उयसरी बोल्न पाइँदैन । मिडियालाई यसरी लाञ्छना लगाउने र मनपर्दो बोल्ने उनको शैली देख्दा उनी नेता हुन योग्य नै नभएको स्पष्ट हुन्छ । ’


    मंगलवार, माघ २४ २०७९०७:२२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij