काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सतर्क भएर काम गर्न आग्रह गर्नुभएको छ । आइतबार संसद बैठकमा बोल्दै ओलीले बाघको कथा सुनाउँदै प्रचण्डलाई सतर्क हुने संकेत गर्नुभएको छ ।
कथा यस्तो थियो, ‘एउटा जंगलमा बाघ थियो, भोकाएको बाघले बाटोमा हिड्ने महिलालाई भेट्यो र आफ्नो आहारा बनायो । ती महिलालाई खाइसकेपछि बाघले उनको हातमा रहेको सुनका बाला लिएर गुफाभित्र पस्यो । बाघले गुफाबाट सुनका बाला देखाउँदै बाटोमा ओहोरदोहोर गर्ने मान्छेलाई लैजान आग्रह गथ्र्यो । मानिसहरु बाला देखेपछि मख्ख हुन्थे र लिन जान्थे तर बाघले त्यहाँ जाने बित्तिकै झ्याप्प पाथ्र्यो र आहारा बनाउथ्यो ।’
कांग्रेसले पनि प्रचण्डलाई बाघको जस्तै लोभ देखाइरहेको ओलीको दाबी छ ।