Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपाल वायुसेवा निगमको टिकट अनलाइनबाटै काट्न सकिने

नेपाल वायुसेवा निगमको टिकट अनलाइनबाटै काट्न सकिने

  • शुक्रवार, माघ २० २०७९

  • 382
    SHARES

  • नेपाल वायुसेवा निगमको टिकट अनलाइनबाटै काट्न सकिने
    काठमाडौं । नेपाल वायुसेवा निगमले अनलाइन टिकटको लागि प्रक्रिया सुरु गरेको छ ।
     
    निगमको आन्तरिक तथा अन्तर्राष्ट्रिय टिकट इ–सेवाबाट काट्न सकिने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।
     
    “नेपाल वायुसेवा निगमले यात्रुहरूको सहजताका लागि हाललाई ई–सेवाबाट पूर्ण रुपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने प्रबन्ध गरेको छ”, निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निगमले आगामी दिनमा अन्य वालेट तथा वेबसाइटमार्फत पनि टिकट काट्ने व्यवस्था मिलाइने समेत बताएको छ । 
     
    निगमले दुर्गम र विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राखेको बताएको छ । 
     
    आन्तरिक क्षेत्रमा उडान हुने विमानको यात्रु बोक्ने सिट क्षमता १९ हो । १९ सिट क्षमता भएपनि उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक तथा विविध कारणले प्रभाव पार्ने हुँदा सिट संख्यामा स्वतः परिवर्तन हुने निगमले जनाएको छ ।


    शुक्रवार, माघ २० २०७९०३:३२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij