Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार छनौट गर्ने
  • बिहिवार, माघ १९ २०७९

  • 664
    SHARES

  • कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै
    काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दै छ । कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षको चुनावबारे छलफल गर्न बैठक बोलाएको हो । 
     
    कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले बिहीबार(आज) बिहान ९ बजेका लागि संसदीय कार्यसमितिको बैठक बोलाइएको जानकारी दिनुभयो। संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ ।
     
    माघ २३ गते बस्ने राष्ट्रिय सभा बैठकले उपाध्यक्ष चयन गर्दै छ । राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो । 
     
    सत्ता गठबन्धनबाट माओवादी केन्द्रले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी दिने छ । कांग्रेस उम्मेदवारी दिने नदिने आज बस्ने बैठकले टुंगो लगाउनेछ । उपाध्यक्षका लागि माओवादीभित्र उर्मिला अर्याल र गंगा बेल्बासेको नाम चर्चामा छ ।


    बिहिवार, माघ १९ २०७९०७:०१:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij