Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेको मुद्दामा आजै फैसला आउने

रवि लामिछानेको मुद्दामा आजै फैसला आउने

  • शुक्रवार, माघ १३ २०७९

  • 573
    SHARES

  • रवि लामिछानेको मुद्दामा आजै फैसला आउने
    काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाउने तयारी गरेको छ । संवैधानिक इजलासका पाँचै जना न्यायाधीशहरू खाजापछि छलफलमा जुटेका हुन् ।
     
    ‘एक त खाजा समयअघि नै सुनुवाइ सकिएर इजलास उठेको छ, अर्कोतर्फ मगाउनुपर्ने कागजात र बहस नोट केही बाँकी छैन’ सर्वोच्च अदालत स्रोतले भन्यो, ‘संवैधानिक इजलासका सबै न्यायाधीश छलफलमा जुटेकाले केही न केही आउँछ ।’
     
    स्रोतले भन्यो, ‘विस्तृत नआए पनि संक्षिप्त आदेश र ठहरको ब्यहोरा सहितको निर्णय सार्वजनिक हुनेछ ।’
     
    गत बुधबारदेखि सुरु भएको अन्तिम सुनुवाइ त्यो दिन नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको हो र आज सुनुवाइ पूरा भएको छ । सर्वोच्च अदालतमा गत बुधबार नै सबै लिखित जवाफ, बहस नोट र लामिछानेको नागरिकता छानबिनका कागजात पेस भइसकेको छ ।


    शुक्रवार, माघ १३ २०७९०३:५५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij