काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बन्नुभएको छ ।
आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले लिङ्देनलाई उपप्रधान तथा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीमा शपथ ग्रहण गराउनुभएको हो।
लिङ्देन उपप्रधानमन्त्री बनेसँगै मन्त्रीमण्डलमा ४ जना उपप्रधानमन्त्री भएका छन् ।