Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

घनश्याम भुसाल भोलि नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै

घनश्याम भुसाल भोलि नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै

  • बिहिवार, पौष २८ २०७९

  • 871
    SHARES

  • घनश्याम भुसाल भोलि नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै
    काठमाडौं । नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुहुने भएको छ । त्यसका लागि नेकपा एकीकृत समाजवादीले शुक्रबार (भोलि)का लागि पार्टी प्रवेश कार्यक्रम राखेको छ ।
     
    सो पार्टीका अनुसार भुसाललाई स्वागत गर्न शंखमुलस्थित होटेल अर्यालमा दिउँसो २ कार्यक्रम राखिएको हो । भुसाललाई पार्टी अध्यक्ष माधव कुमार नेपाललगायतले स्वागत गर्नुहुने भएको छ । 
     
    एमालेबाट निर्वाचन टिकट नपाएपछि भुसालले रुपन्देहीमा स्वतन्त्र उम्मेदवार दिएर संघीय निर्वाचन लड्नुभएको थियो। तर, उहाँ पराजित हुनुभएका थियो । केही दिनअघि उहाँले एकीकृत समाजवादीलाई पाँच बुँदे पत्र पठाउँदै पार्टी प्रवेशको ढोका खोल्नु भएको थियो। 
     
    लगत्तै एकीकृत समाजवादीले जवाफ पठाएसँगै उहाँ पार्टी प्रवेश गर्न राजी हुनुभएको हो ।


    बिहिवार, पौष २८ २०७९०४:५४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij