Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमाले प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी चयन

एमाले प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी चयन

  • बिहिवार, पौष २१ २०७९

  • 450
    SHARES

  • एमाले प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी चयन
    काठमाडौं । नेकपा एमाले प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी चयन हुनुभएको छ । एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्कीले भण्डारीलाई प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो। 
     
    भण्डारी सुनसरी सुनसरी २(१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ यसअघि २०७० मा संविधानसभा सदस्य पदमा पनि निर्वाचित हुनुभएको थियो।
     
    भण्डारी नेकपा एमाले सुनसरीका अध्यक्ष समेत हुनुहुन्छ । उहाँलाई सभामुखका रूपमा पाटीले अगाडि बढाउने तयारी गरे पनि भण्डारीले आफैँले अस्वीकार गर्नुभएको थियो। सभामुख भएपछि पाटी राजनीतिमा असर पर्ने भन्दै उहाँले अस्वीकार गरेको एमालेका नेताहरूले बताएका छन् ।


    बिहिवार, पौष २१ २०७९०४:३५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij