Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सहिद स्मारक ’ए’ डिभिजन लिग फागुन १९ बाट सुरु हुने 

सहिद स्मारक ’ए’ डिभिजन लिग फागुन १९ बाट सुरु हुने 

  • बिहिवार, पौष १४ २०७९

  • 833
    SHARES

  • सहिद स्मारक ’ए’ डिभिजन लिग फागुन १९ बाट सुरु हुने 
    काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिता फागुन १९ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ’ए’ डिभिजन क्लबबीच आज बसेको बैठकले लिग फागुन १९ गतेबाट सुरु गर्ने सहमति बनेको छ ।
     
    लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिगको मिति तय एन्फाले बिहीबार ’ए’ डिभिजनका १४ क्लबलाई बैठकमा डाकेको थियो । गत हप्ता बसेको बैठकले बिहीबार लिगको मिति तय गर्न एन्फा र क्लब सहमत भएका थिए ।
     
    यस अघि एन्फाले शीर्ष डिभिजनको लिग पुस २८ गतेबाट गर्ने निर्णय गरेको थियो । तर, तयारी खर्च नपाएको भन्दै क्लबहरूले तोकिएको मितिमा लिग खेल्ने अस्वीकार गर्दै आएको थियो  ।
     


    बिहिवार, पौष १४ २०७९०५:२०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij