Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अन्ततः प्रचण्ड प्रधानमन्त्री बन्ने पक्का

अन्ततः प्रचण्ड प्रधानमन्त्री बन्ने पक्का

  • आइतवार, पौष १० २०७९

  • 971
    SHARES

  • अन्ततः प्रचण्ड प्रधानमन्त्री बन्ने पक्का
    काठमाडौं । एमाले लगायतका दलले नयाँ सत्ता समीकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् । 
     
    एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको बैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ ।
     
    बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार दाहाललाई प्रधानमन्त्रीमा अघि सार्दै राष्ट्रपतिसमक्ष आजै दाबी पेस गर्ने सहमति छ । दाहाललाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको बताइएको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले पनि नयाँ गठबन्धनलाई सघाउने छ । जनमत पार्टीका महासचिव चन्दन सिंहले सरकार बनाउने प्रक्रियामा आफूहरूले समर्थन गर्ने बताउनुभयो । जनमत पार्टीका ६ जना सांसद छन् ।
     
    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेस गर्न दलहरूलाई दिएको समयसीमा आज ५ बजे सम्मका लागि छ ।
     


    आइतवार, पौष १० २०७९०३:४८:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij