Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

गौतमले पठाए सर्वोच्च अदालतमा जवाफ

गौतमले पठाए सर्वोच्च अदालतमा जवाफ

  • आइतवार, पौष ३ २०७९

  • 428
    SHARES

  • गौतमले पठाए सर्वोच्च अदालतमा जवाफ

    काठमाडौं । संघीय संसद्का महासचिव डा.भरतराज गौतमले आइतबार सर्वोच्च अदालतमा जवाफ पठाउनुभएको छ ।

    निलम्बित अवस्थामै सेवा निवृत्त भएका सर्वोच्चका निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव ‘निस्प्रभावी’ भएको भन्दै गौतमले गएको मंसिर २१ गते पत्र थमाउनुभएको थियो । त्यो पत्र दिने अधिकार महासचिवलाई नरहेको र अधिकार क्षेत्रबाहिर गएर लेखिएको पत्र कार्यान्वयन नगर्नरनगराउन भन्दै सर्वोच्च बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसहितले रिट दायर गर्नुभएको थियो ।

    सर्वोच्चको संवैधानिक इजलासले सो पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । अन्तरिम आदेशसँगै महासचिवलाई कारण देखाऊ आदेश जारी गरेको थियो ।

    उक्त आदेशको जवाफमा गौतमले महाअभियोग निष्क्रिय भएको निर्णय आफूले गरेको नभई प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै निष्क्रिय भएको जानकारी मात्र गराएको बताउनुभएको छ ।

    महासचिव डा.गौतमले जवाफको विषयमै उक्त रिट खारेजीको माग गर्नुभएको छ ।


    आइतवार, पौष ३ २०७९०४:५८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij