Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अर्जेन्टिना र नेदरल्यान्ड्सलाई फिफाको कारबाही, १६ हजार डलरसम्म जरिवाना हुन सक्ने

अर्जेन्टिना र नेदरल्यान्ड्सलाई फिफाको कारबाही, १६ हजार डलरसम्म जरिवाना हुन सक्ने

  • आइतवार, मंसिर २५ २०७९

  • 1.1K
    SHARES

  • अर्जेन्टिना र नेदरल्यान्ड्सलाई फिफाको कारबाही, १६ हजार  डलरसम्म जरिवाना हुन सक्ने
    काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सलाई कारबाही गर्ने भएको छ । कतार विश्वकप दौरान अनुशासन उल्लंघन गरेको भन्दै फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सलाई जरिवाना गर्ने भएको हो ।
     
    फिफाले जरिवाना भने तोकिसकेको छैन । तर, दुवै टोलीलाई १६ हजार अमेरिकी डलरसम्म जरिवाना हुन सक्ने बताइएको छ ।
     
    विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स भिडेका थिए । तनावपूर्ण खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा अर्जेन्टिना विजयी भएको थियो ।
     
    त्यस खेलको अन्तिम समयमा नेदरल्यान्ड्सले गोल गर्दै खेल अतिरिक्त समयमा पुर्‍याएपछि अर्जेन्टिनाको बेन्चमा भएका खेलाडी मैदानमा प्रवेश गरेर विवादमा उत्रिएका थिए । यस्तै पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी भएपछि पनि विवाद भएको थियो ।
     
    अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेलमा १७ जनाले पहेँलो कार्ड पाएका थिए । जसमा नेदरल्यान्ड्सका डेन्जेलले दुई पहेँलो कार्डसहित रातो कार्ड पाएका थिए ।
     


    आइतवार, मंसिर २५ २०७९०४:३९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij