Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सत्ता समीकरणका लागि रणनीति तय गर्न माओवादीको पदाधिकारी बैठक सुरु

सत्ता समीकरणका लागि रणनीति तय गर्न माओवादीको पदाधिकारी बैठक सुरु

  • शनिवार, मंसिर १७ २०७९

  • 575
    SHARES

  • सत्ता समीकरणका लागि रणनीति तय गर्न माओवादीको पदाधिकारी बैठक सुरु

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिडाँडामा सुरु भएको छ। चुनावको समीक्षा र सत्ता समीकरणका लागि रणनीति तय गर्न बैठक सुरु भएको हो।

    बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेतलगायत सहभागी छन्। बैठकले कांग्रेस नेतृत्वकै गठबन्धनलाई अगाडि बढाउने वा नयाँ तरिकाले अगाडि बढ्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल चल्ने बताइएको छ।

    निर्वाचनमा नेकपा माओवादी प्रत्यक्षतर्फ १७ सिट जितेको छ। अघिल्लो निर्वाचनमा ३२ सिट जितेको माओवादी यसपटक १७ सिटमै खुम्चिएको छ। यस परिणामले माओवादीका केन्द्रीय नेताहरू रुस्ट छन्। माओवादी नेताहरूले कांग्रेससँगको गठबन्धन नफापेको बताइरहेका छन्।

    उनीहरूले कांग्रेस भोट ट्रान्सफर नभएको आरोपसमेत लगाइरहेका छन्।


    शनिवार, मंसिर १७ २०७९०४:२०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij