Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

इंग्लिस प्रिमियर लिगमा आज पाँच खेल हुने

इंग्लिस प्रिमियर लिगमा आज पाँच खेल हुने

  • शनिवार, आषाढ २० २०७७

  • 637
    SHARES

  • इंग्लिस प्रिमियर लिगमा आज पाँच खेल हुने

    इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज पाँच खेल हुँदैछन् । शीर्ष तीनका लागि प्रतिस्पर्धा गरिरहेको चेल्सीले घरेलु मैदानमा वाट्फोर्डसँग नेपाली समयअनुसार राति १२ः४५ बाट खेल्नेछ भने अर्को खेलमा लेष्टरले घरेलु मैदानमा क्रिस्टल प्यालेससँग बेलुका ७ः४५ बजे प्रतिस्पर्धा गर्नेछ ।

    यस्तै युनाइटेडले घरेलु मैदानमा बर्नेमाउथसँग खेल्नेछ । दुई टोलीबीचको खेल बेलुका ७ः४५ बजे सुरु हुनेछ । आर्सनलले उल्भ्ससँग उसैको मैदानमा राति १०ः१५ बजे भिड्दा अर्को खेलमा नर्विच सिटीले ब्राइटनसँग खेल्नेछ । र, इटालियन सिरी ’ए’ फुटबलमा आज विभिन्न तीन खेल हुँदैछ ।

    सिरी ’ए’ मा आज लिग लिडर युभेन्ट्स, लाजियो, सासौउलो, एसी मिलान लगायतका क्लबले प्रतिस्पर्धा गर्नेछन् । उपाधिको प्रमुख दाबेदार युभेन्ट्सले घरेलु मैदानमा टोरिनोसँग खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९ बजे सुरु हुनेछ ।

    आज नै लाजियोले घरेलु मैदानमा एसी मिलानसँग खेल्दैछ । दुई टोलीबीचको खेल राति १ः३० बजे सुरु हुनेछ । सिरी ’ए’ अन्तर्गत नै अर्को खेलमा सासौउलोले लेचीसँग खेल्नेछ ।


    शनिवार, आषाढ २० २०७७०३:३०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij