Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सिपिएल : सन्दीप आबद्ध जमैका सेमिफाइनलमा पराजित, सन्दीप अव आइपिएलका लागि दुबई जाने

सिपिएल : सन्दीप आबद्ध जमैका सेमिफाइनलमा पराजित, सन्दीप अव आइपिएलका लागि दुबई जाने

  • बुधवार, भाद्र २४ २०७७

  • 1.2K
    SHARES

  • सिपिएल : सन्दीप आबद्ध जमैका सेमिफाइनलमा पराजित, सन्दीप अव आइपिएलका लागि दुबई जाने

    एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध जमैका तलावाज सेमिफाइनलमा पराजित भएको छ।

    मंगलबार राति सकिएको खेलमा जमैकालाई ट्रिन्बागो नाइट राइडर्सले ९ विकेटले पराजित ग¥यो। जमैकाले दिएको १०८ रनको झिनो लक्ष्य ट्रिन्बागोले १५ ओभरमा १ विकेटको क्षतिमा पूरा ग¥यो। उसका लागि लेन्ड सिमोन्सले नटआउट ५४ रनको योगदान दिए भने वेस्टरले नटआउट ४४ रन बटुले।

    बलिङमा जमैकाका मुजिर उर रहमानले १ विकेंट लिए। सन्दीप लामिछानेले चार ओभर बलिङ गरेर २९ रन दिँदा विकेट लिन सकेनन्। सिजनको सिपिएलमा सन्दीपले बलिङ गरेर पनि विकेट लिन नसकेको यो मात्र खेल हो।

    सन्दीपले सिजनको सिपिएलमा ११ खेलमा १२ विकेट लिन सफल भए। अब उनी आइपिएलका लागि ट्रिनिडाडबाट सिधै दुबई प्रस्थान गर्नेछन्। आइपिएलमा सन्दीप दिल्ली क्यापिटल्ससँग आबद्ध छन्।

    त्यसअघि खराब ब्याटिङ गरेको जमैकाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७ रन जोड्यो। उसका लागि कार्लोस बाथवेटले नटआउट १३ रन जोडे। कप्तान रोममान पावेलले ३३ रन र बोनरले ४१ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

    पाँच ओभर चल्दै गर्दा सुरुवाती चार विकेट गुमाउँदा २५ रन मात्र जोडेको जमैका दबाबमा परेको थियो। अब उपाधिका लागि ट्रिन्बागोले सेन्ट लुसियासँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा सेन्ट लुसियाले गुयनालाई १० विकेटले पराजित गरेर ट्रिन्बागोसँगको भेट पक्का ग¥यो।

     


    बुधवार, भाद्र २४ २०७७०६:२६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij