काठमाडौं । बुधबार सकिन लागेको उपत्यकामा जारी निषेधाज्ञाबारे नयाँ निर्णय लिन उपत्यकाको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सहितको भर्चुअल बैठक आज बस्दैछ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आज बिस्तृत बैठक बसेर छलफल गरिने र त्यसको रायसुझावअनुसार गृह मन्त्रालयसँग समन्वय गरेर निषेधाज्ञा थप्ने–नथप्ने विषयमा निर्णय लिइने जानकारी दिनुभयो ।
उहाँका अनुसार उपत्यका मेयर फोरम, उद्योगी व्यवसायी, यातायातका प्रतिनिधि र सरकारी चिकित्सकलगायतसँग पनि आजै छलफल गरिँदैछ ।
छलफलपछि तीनवटै जिल्लाका सिडिओसहित जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठक बस्नेछ । यसबाट आउने रायअनुसार गृहको समन्वयमा निर्णय लिइने बताइएको छ ।