Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निजामती सेवा दिवसः असल शासनको ब्यावहारिक अनुभूति प्रदान गर्न प्रधानमन्त्रीको अपिल

निजामती सेवा दिवसः असल शासनको ब्यावहारिक अनुभूति प्रदान गर्न प्रधानमन्त्रीको अपिल

  • सोमवार, भाद्र २२ २०७७

  • 1.1K
    SHARES

  • निजामती सेवा दिवसः असल शासनको ब्यावहारिक अनुभूति प्रदान गर्न प्रधानमन्त्रीको अपिल

    काठमाडौं । आज निजामती सेवा दिवस, सरकारले यस वर्षको दिवसमा पुरस्कार दिन ४० कर्मचारी छनोट गरेको छ । यस वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामती पुरस्कार पाउने ३० जनाको नाम घोषणा गरिएको हो ।

    सरकारले निजामती सेवा दिवसको दिन ‘सर्वोत्कृष्ट’, ‘उत्कृष्ट’ र ‘निजामती सेवा पुरस्कार’ दिएर कर्मचारीहरुलाई सम्मान गर्ने गरेको छ । आज मनाइँदै गरेको १७ औं निजामती सेवा दिवसमा पनि पुरस्कारका लागि ४० जना कर्मचारीहरु छनोट भएका छन् ।

    यसैबिच , प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ सुशासन र विकासको बाटोमा अग्रसर हुनुपर्ने बताउनुभएको छ ।

    निजामती दिवसको अवसरमा शुभकामना दिदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । प्रधामन्त्री ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य रहेको बताउदै कर्मचारीहरुमा उच्च नैतिक आचरण र पेशागत निष्ठा मार्फत जनताप्रति उत्तरदायी र असल शासनको ब्यावहारिक अनुभूति प्रदान गर्न अपिल गर्नुभएको छ ।


    सोमवार, भाद्र २२ २०७७०७:५८:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij