Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रेम आलेको भाषाले मन्त्रीबाट हटाउन विश्वबाटै दबाब आयो : ओली

प्रेम आलेको भाषाले मन्त्रीबाट हटाउन विश्वबाटै दबाब आयो : ओली

  • शनिवार, कार्तिक २६ २०७९

  • 1.2K
    SHARES

  • प्रेम आलेको भाषाले मन्त्रीबाट हटाउन विश्वबाटै दबाब आयो : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री प्रेमबहादुर आलेले नेपालीको बेइजत गरेको बताउनुभएको छ ।

    शनिबार डोटीमा एमालेद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उहाँले आलेलाई इङ्गित गर्दै यस्तो बताउनुभएको हो ।

    उहाँले भन्नुभयो, तिनी मैले आफैँले हस्ताक्षर गरेको मान्छे हुन्। आफैँले सही गरेर उम्मेदवारी दिएको मान्छेको अहिले भाषा सुन्नुस्। डोटीको मात्र होइन सिड्गो भाषा संस्कृतिको बेइज्जत गरेका छन्। के हो मन्त्रीको भाषा। विश्वभरिबाट उनलाई हटाउन भनियो। आन्दोलन र पार्टीको माया नगर्ने विकाससँग माया नगर्ने स्वार्थी तत्वहरुलाई मत दिनुहुदैन। जमानत भन्दा तल पार्नुपर्छ।

    तत्कालीन मन्त्री रहेकै बेला आलेको कुनै बेला बोलेको अश्लील गाली सामजिक संजालमा भाइरल भएको थियो। मन्त्रीबाट राजीनामा दिनुपर्ने सर्वत्र दबाब भए पनि उनले मन्त्रीबाट राजीनामा दिएका थिएनन्।

    अहिले डोटीबाट वाम लोकतनन्त्रिक गठबन्धनका तर्फबाट एमालेविरुद्ध आले मैदानमा उत्रेका छन्। ओलीले कुनै हालतमा पनि यसपटक आलेलाई संसद्‌मा आउन नदिनका लागि पनि एमालेका उम्मेदवारलाई मत दिएर जिताउन आग्रह गर्नुभयो ।


    शनिवार, कार्तिक २६ २०७९०२:२०:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij