Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देउवालाई ओलीको जवाफः बन्दुक लिएर हैन वार्ता गरेर लिम्पियाधुरा फिर्ता ल्याउँछौं

देउवालाई ओलीको जवाफः बन्दुक लिएर हैन वार्ता गरेर लिम्पियाधुरा फिर्ता ल्याउँछौं

  • सोमवार, कार्तिक २१ २०७९

  • 602
    SHARES

  • देउवालाई ओलीको जवाफः बन्दुक लिएर हैन वार्ता गरेर लिम्पियाधुरा फिर्ता ल्याउँछौं

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई लिपुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउने जवाफ फर्काउनुभएको छ ।

    आज पोखरामा कास्की जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले गुमेको जमिन वार्ताबाट मात्र फिर्ता ल्याउन सम्भव भएको बताउनुभयो ।

    ‘मैले दार्चुलामा गएर जमिन फिर्ता ल्याउने भनें जवाफमा शेरबहादुर देउवाजीले बन्दुक लिएर सीमानामा जानु भन्नुभएछ,’ उहाँले भन्नुभयो, ‘प्रचण्डको संगत गरेपछि बन्दुकको भाषण गर्न थालेछन् । हामी बहुमतको सरकार बनाएर वार्तामार्फत भूमि फिर्ता ल्याउँछौँ ।’

    आउँदो निर्वाचनमा एमालेले लोकतन्त्र रक्षाका लागि जित्नुपर्ने र बहुमत ल्याउनुपर्ने उहाँले बताउनुभयो ।


    सोमवार, कार्तिक २१ २०७९०२:०९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij