Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सबै दलका चुनाव लक्षित घोषणापत्र सार्वजनिक, एमाले भन्छ ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’, (खास खबर)

सबै दलका चुनाव लक्षित घोषणापत्र सार्वजनिक, एमाले भन्छ ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’, (खास खबर)

  • मंगलवार, कार्तिक १५ २०७९

  • 785
    SHARES

  • सबै दलका चुनाव लक्षित घोषणापत्र सार्वजनिक, एमाले भन्छ ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’, (खास खबर)

    काठमाडौं । मुलुकमा विद्यमान सबै राजनीतिक दलहरुले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आएका घोषणापत्र कार्यान्वयनको जटिलता पनि बोकेर आएका छन् । विगतका निर्वाचनमा जस्तै यसपाली पनि कर्मकाण्डी प्रतिवद्धता आएको राजनीतिक विश्लेषकहरुले बताउन थालेका छन् । यद्यपि राजनीतिक दलका नेताहरुले भने आएको घोषणापत्रले मुलुक परिवर्तनमा थप आयाम ल्याउने दाबी गरिरहेका छन् । सत्तागठबन्धनको मुख्य दल नेपाली कांग्रेसलगायतका अन्य दलहरुले आआफ्ना प्रतिवद्धता, संकल्पलाई मतदातामाझ राखिसकेका छन् । आज मुलुकको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आफ्ना योजनाहरु सार्वजनिक गरेको छ । घोषणापत्र सार्वजनिक कार्यक्रमको लाइभ डिबेटमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल अब विकसित मुलुकको बाटोमा गइसकेकोले विश्व बैंकले समेत नेपाललाई इकोनमेमिकली राइजिङ स्टार बताएको स्मरण गर्नुभयो ।

    एमालेले बहुमत ल्याएमा जोसुकै व्यक्ति पनि प्रधानमन्त्री हुनसक्ने ओलीको भनाइ थियो । मुलुक चलाउन सेन्टिमेण्टले काम नगर्ने उहाँको धारणा थियो ।

    नेकपा एमालेले आगामी पाँच बर्षको लागि २० वटा ग्यारेन्टी लिएको छ । एमालेले समृद्धिका लागि नीतिगत र संरचनागत सुधार, राष्ट्रहित र नागरिकहितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को नीति कार्यान्वयन गर्ने प्रतिबद्धता एमालेले जाहेर गरेको छ । सबै राजनीतिक दलका घोषणापत्र हेर्दा मुलुकको हीतकै निम्ति ल्याइएका छन् तर कार्यान्वयनको पाटो निकै जटिल देखिएको छ । राजनीनिक विश्लेषक टीकाराम भट्टराईका अनुसार उहीँ पुराना प्रतिवद्धता र कर्मकाण्डी योजना समेटिएका छन् । एकआपसमा घोषणापत्र बाझिएको पनि उहाँको भनाइ छ ।

    मुलुकमा राजनीतिक स्थायित्व, अमनचयन, विकासलगायतका मुद्धामा हरेक राजनीतिक दलका प्रतिवद्धताहरु आपसमा तालमेल हुन जरुरी छ । मुलुक र भुगोल सुहाउँदो प्रतिवद्धतालाई सार्थक बनाउन हरेक क्षेत्रको सहयोग उत्तिकै आवश्यक पर्दछ ।

     


    मंगलवार, कार्तिक १५ २०७९०७:५२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij