Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मंसिर ४ को निर्वाचन सामान्य होइन : प्रचण्ड

मंसिर ४ को निर्वाचन सामान्य होइन : प्रचण्ड

  • शुक्रवार, कार्तिक ४ २०७९

  • 719
    SHARES

  • मंसिर ४ को निर्वाचन सामान्य होइन : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ को निर्वाचन सामान्य नभएको बताउनुभएको छ ।

    काठमाडौं क्षेत्र नम्बर ७ को सत्ता गठबन्धनका उम्मेदवारहरुको परिचय कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताउनुभएको हो ।

    ‘चार गतेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन जस्तो छैन,’ प्रचण्डले भन्नुभयो, ‘देशले जित्ने हो कि होइन, लोकतन्त्रले जित्ने हो कि होइन भन्ने एउटा यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर भएको छ ।’

    यसलाई गम्भीरतापूर्वक विचार गर्न र जनतालाई राम्रोसँग बुझाउन उनले गठबन्धनका नेता कार्यकर्ताहरुलाई आह्वानसमेत गर्नुभयो ।

    काठमाडौं क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनको तर्फबाट मानुषी यमी भट्टराई प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।

    नेपाल समाजवादी पार्टीकी मानुषी माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।


    शुक्रवार, कार्तिक ४ २०७९०१:०८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij