Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देउवा भन्छन्ः राति २ बजे राष्ट्रपतिलाई उठाएर ओलीले संसद भंग गरेका हुन्

देउवा भन्छन्ः राति २ बजे राष्ट्रपतिलाई उठाएर ओलीले संसद भंग गरेका हुन्

  • मंगलवार, कार्तिक १ २०७९

  • 634
    SHARES

  • देउवा भन्छन्ः राति २ बजे राष्ट्रपतिलाई उठाएर ओलीले संसद भंग गरेका हुन्

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताले चुनेको संसदलाई मनपरी ढंगले भंग गरेको बताउनुभएको छ ।

    ललितपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी कार्यक्रमलाई संम्बोधन गर्दै उहाँले ओलीले राष्ट्रपतिलाई राति २ बजे उठाएर समेत संसद भंग गरेको टिप्पणी गर्नुभयो ।

    ‘राति २ बजे राष्ट्रपतिलाई उठाएर भंग गरियो, विहान गरेको भए राति ६÷७ बजेतिर गरेको भए पनि हुन्थ्यो’, देउवाले भन्नुभयो, ‘त्यस्तो किसिमको लहडमा भंग गर्न थालेपछि त के के गर्नुहुन्छ गर्नुहुन्छ, त्यसैले हामीले संसद बचाउन आवश्यक थियो ।’

    संविधान बनाउँदा नै कुनै हालतमा संसद विघटन गर्न नपाइने उल्लेख गरिएको भन्दै देउवाले लोकतन्त्रमा आवधिक निर्वाचनको महत्व हुने बताउनुभएको छ ।


    मंगलवार, कार्तिक १ २०७९०४:३१:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij