काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले सरकारी गाडी फिर्ता गर्नुभएको छ ।
निर्वाचन आयोगले आचारसंहिता जारीगरेपछि उहाँले चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेका मन्त्री चौधरीको सचिवालयले जनाएको छ।
निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले मन्त्री चौधरीले शुक्रबार सरकारी गाडी फिर्ता गर्नुभएको हो ।
उहाँले लु ३ च ३१४ नम्बरको स्कर्पियो जीप प्रयोग गरेको मन्त्री चौधरीका प्रेस संयोजक सूर्य बिसीले जानकारी दिनुभयो।