Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पुरुष फुटबलमा आर्मीले लुम्विनीलाई ४–१ ले हरायो

पुरुष फुटबलमा आर्मीले लुम्विनीलाई ४–१ ले हरायो

  • शुक्रवार, आश्विन २८ २०७९

  • 390
    SHARES

  • पुरुष फुटबलमा आर्मीले लुम्विनीलाई ४–१ ले हरायो

    काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशमाथि ४–१ को सानदार जित निकालेको छ ।

    लामाचौर गोस्तेघाट खेल मैदानमा शुक्रबार (आज) भएको खेलमा आर्मीलाई जिताउन दिनेश हेम्जन, जर्जप्रिन्स कार्की र नवयुग श्रेष्ठले १–१ गोल गरे । एक गोल लुम्बिनीका खेलाडीले आत्मघाती गरे ।

    एकपक्षीय खेलको पाँचौं मिनेटमै दिनेशको गोलमा आर्मीले अग्रता लियो । २४ औं मिनेटमा लुम्विनीले आत्मघाती गोल गर्दा आर्मीले पहिलो हाफमा २–० को अग्रता बनायो ।

    खेलको ४७ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै अग्रता फराकिलो बनाए । ५० औं मिनेटमा लुम्बिनीका चेतन थारुले गोल गर्दै टिमलाई खेलमा फर्काउने कोशिस गरेका थिए । तर ९२ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल थपे ।


    शुक्रवार, आश्विन २८ २०७९०५:२४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij