Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेसद्वारा बागी उम्मेदवारसहित समर्थक र प्रस्तावकलाई पार्टीबाट ५ वर्षसम्म निष्कासित

कांग्रेसद्वारा बागी उम्मेदवारसहित समर्थक र प्रस्तावकलाई पार्टीबाट ५ वर्षसम्म निष्कासित

  • बुधवार, आश्विन २६ २०७९

  • 639
    SHARES

  • कांग्रेसद्वारा बागी उम्मेदवारसहित समर्थक र प्रस्तावकलाई पार्टीबाट ५ वर्षसम्म निष्कासित

    काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभामा सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई पार्टीबाट निष्कासित गरेको छ ।

    कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई ५ वर्षका लागि पार्टीबाट निष्कासित गरिएको बताउनुभएको हो ।

    गठबन्धनका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिइ तोकिएको मिति र समय भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिए पार्टीको विधान २०१७ (संशोधनसहित)को धारा ३४ (१) (घ) उल्लघंन गरेकोमा कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    कांग्रेसले उनीहरुलाई विधानको धारा ३४ (४) (क) अनुसार कांग्रेसको सदस्य समेत नरहने गरी ५ वर्षका लागि निस्कासन गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिएको पौडेलले बताउनुभयो।

    आगामी मंसिर ४ गते हुन प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरु र मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ ।


    बुधवार, आश्विन २६ २०७९०६:२५:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij