Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पारसको ब्याटिङ वरीयतामा सुधार , सन्दीपको बलिङ भने यथावत

पारसको ब्याटिङ वरीयतामा सुधार , सन्दीपको बलिङ भने यथावत

  • बिहिवार, भाद्र १८ २०७७

  • 1.1K
    SHARES

  • पारसको ब्याटिङ वरीयतामा सुधार , सन्दीपको बलिङ भने यथावत

    एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी(ट्वान्टीको ब्याटिङ वरीयतामा नेपालका पारस खड्काको वरीयता सुधार भएको छ ।
    आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार पारसको ब्याटिङ वरीयता ४ स्थान सुधार भएको हो ।

    नयाँ ब्याटिङ वरीयतामा पारस ७१ औं स्थानमा उक्लिएका छन् । यसअघि उनी ७५ औं स्थानमा रहेका थिए ।नेपालका ग्लोबल आइकन सन्दीप बलिङ वरीयता भने यथावत रहेको छ । नयाँ वरीयतामा सन्दीप ७९ औं स्थानमा रहेका छन् ।

    टी( ट्वान्टीको राष्ट्रिय वरीयतामा नेपाल १५ औं स्थानमा यथावत रहेको छ । यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो । नेपालको टी(ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ ।

    यस्तै,एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ ।

     


    बिहिवार, भाद्र १८ २०७७०६:४३:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij