Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भोलि ५ बजेभित्र उम्मेदवारी दर्ता गर्न आयोगको निर्देशन, समय थप नहुने

भोलि ५ बजेभित्र उम्मेदवारी दर्ता गर्न आयोगको निर्देशन, समय थप नहुने

२५ जनाभन्दा बढीको जुलुस लैजान रोक
  • शनिवार, आश्विन २२ २०७९

  • 764
    SHARES

  • भोलि ५ बजेभित्र उम्मेदवारी दर्ता गर्न आयोगको निर्देशन, समय थप नहुने
    काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि भोलि हुने प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको काम निर्धारित समयभित्रै गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । 
     
    शनिबार(आज) आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कार्यक्रम परिवर्तन गर्न सुझाव आए पनि आयोगले पूर्वनिर्धारित कार्यक्रममा परिमार्जन नगर्ने बताउनुभयो । स्थानीय तहको निर्वाचन, समानुपातिक तर्फको उम्मेदवारी दर्ताका लागि २ दिनको समय दिएजस्तै प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताका लागि पनि समय बढाउन माग गरे पनि आयोगले समय थप नगर्ने बताउनुभयो । 
     
    उहाँले भोलि(आइतबार) असोज २३ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न आग्रह गर्नुभएको छ । त्यसका लागि आयोगले आवश्यक संरचना, सुरक्षा प्रणालीको व्यवस्था पुरा गरिसकेको बताउनुभयो । त्यस बाहेक संविधान तथा कानुन बमोजिम सबै वर्ग, लिंग, समुदाय समेटिने गरी समानुपातिक प्रतिनिधित्व हुने गरी मनोनयन गराउन उहाँले राजनीतिक दलहरूसँग विशेष आग्रह गर्नुभएको छ ।
     
    विगतमा २ दिन उम्मेदवारी दर्ता गर्ने समय दिँदा पनि दलहरू दोस्रो दिनको अन्तिम समयमा आएर उम्मेदवारी  दर्ता गर्ने गरेको आयोगको अनुभव रहेको बताउँदै निर्वाचन कार्यक्रम सार्ने अवस्था नरहेको आयुक्त थपलियाले बताउनुभयो । 
     
    उहाँले उम्मेदवारी दर्ता गर्नका लागि कुनै वाधा आएमा आयोगले सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘उम्मेदवारी दर्ता गर्नका लागि उम्मेदवारको भौतिक उपस्थिति कानुनले आवश्यक ठानेको छैन । वारेस मार्फत पनि गर्न सकिन्छ । उम्मेदवारी दर्ताका लागि आवश्यक पर्ने दलको आधिकारिक पत्र, निस्सा, वारेसनामा समस्या आएमा आयोगको केन्द्रीय कार्यालयबाट सम्बन्धित सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाउन आयोग सहयोग गर्न तयार छ । यसका लागि आयोगले सचिवालयलाई भनिसकेको हुनाले राजनीतिक दलले  आयोगको तर्फबाट पाउनुपर्ने सहयोग पाउनुहुन्छ ।’
     
    उहाँले निर्धारित समयमा उम्मेदवारी दर्ता गर्नका लागि आग्रह गर्दै मनोनयन दर्ता स्थलमा २५ जनाभन्दा बढीको जुलुस लैजान नहुने पनि स्मरण गराउनुभएको छ ।
     


    शनिवार, आश्विन २२ २०७९०५:३३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij