Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

उम्मेदवारी दर्ता सहज र व्यवस्थित हुन्छ : निर्वाचन आयोग

उम्मेदवारी दर्ता सहज र व्यवस्थित हुन्छ : निर्वाचन आयोग

  • शुक्रवार, आश्विन २१ २०७९

  • 428
    SHARES

  • उम्मेदवारी दर्ता सहज र व्यवस्थित हुन्छ : निर्वाचन आयोग

    काठमाडौं। निर्वाचन आयोगले विगतका निर्वाचनहरूभन्दा यसपटक प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको काम सहज हुने बताएको छ ।

    निर्वाचन आचार–संहिताका कारण यसपटक उम्मेदवारी दर्ताको काम सहज हुने आयोगले प्रष्ट पारेको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार यसपटक उम्मेदवारी दर्ताका क्रममा निर्वाचन अधिकृतको कार्यालयमा ठूलो भीड हुने छैन ।

    विगतमा उम्मेदवारी दर्ताका क्रममा दलहरू शक्ति प्रदर्शन गर्ने र सकेसम्म धेरै जना लिएर निर्वाचन अधिकृतको कार्यालय पुग्ने गरेकामा यसपटक यस्तो गर्न पाइने छैन । यसपटक उम्मेदवारी दर्ता गराउन एउटा दलबाट २५ जनाभन्दा बढी निर्वाचन अधिकृतको कार्यालय जान नपाइने आचारसंहितामा उल्लेख छ ।

    सोही कारण थोरैको संख्यामा उपस्थिति हुँदा काम गर्न सहज र व्यवस्थित पनि हुने आयोगको निष्कर्ष छ । ‘दर्ताको लागि व्यवस्थित गर्न, भीडभाड हुन नदिन, मितव्ययी होस् र सुव्यवस्थित रुपमा मनोनयन दर्ता प्रक्रिया अघि बढोस् भन्नका लागि अहिलेको आचारसंहिताले केही कुरालाई सम्बोधन गरेको छ ।

    सहप्रवक्ता अर्यालले निर्वाचन अधिकृतले आफ्नो मातहतबाट ३ वटा निर्वाचन क्षेत्रको उम्मेदवारी संकलन गर्ने बताउनुभयो।

     


    शुक्रवार, आश्विन २१ २०७९०५:३७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij