Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मुलुकलाई राजनीतिक दुर्घटनाबाट बचाउन दलहरू सचेत बन्नुपर्छ : निधि

मुलुकलाई राजनीतिक दुर्घटनाबाट बचाउन दलहरू सचेत बन्नुपर्छ : निधि

  • आइतवार, आश्विन १६ २०७९

  • 671
    SHARES

  • मुलुकलाई राजनीतिक दुर्घटनाबाट बचाउन दलहरू सचेत बन्नुपर्छ : निधि

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले मुलुकलाई राजनीतिक दुर्घटनामा पर्न नदिनका लागि राजनीतिक दलहरू सचेत रहनुपर्ने बताउनु भएको छ।

    उहाँले मुलुकमा दुर्घटना हुन्छ भन्ने आवाज पनि सुनिएको उल्लेख गर्दै त्यसो हुन नदिनका लागि राजनीतिक दलहरू सचेत रहनुपर्ने बताउनुभयो।

    १५३ औँ गान्धी जयन्ति तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपाली जनता परिवर्तनको पक्षमा उभिँदै त्यसलाई सदुपयोग गरेर मुलुकको विकास र समृद्धिका लागि काम गर्न सक्षम रहेको बताए ।

    नेता निधिले त्यसको अगुवाई राजनीतिक दलहरूले गर्नुपर्ने धारणा राख्नुभयो। नेता निधिले नेपालको मात्रै नभई विश्वकै शान्ति, समृद्धि, विकास र मानव अधिकारको प्रवद्र्धनका लागि गान्धी विचाराधारा सबैभन्दा उत्तम बाटो भएको तर्क समेत गर्नुभयो।

     


    आइतवार, आश्विन १६ २०७९०४:४३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij