Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बंगलादेशविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा

बंगलादेशविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा

  • बिहिवार, आश्विन ६ २०७९

  • 613
    SHARES

  • बंगलादेशविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा

    काठमाडौं । बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।

    कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बिहीबार एन्फा कम्प्लेक्समा आयोजिक कार्यक्रममा २३ सदस्यीय टोली घोषणा गर्नुभएको हो । यसअघिका प्रशिक्षक मोहमद अल्मुताइरीसँगको विवादका कारण टोलीबाट निकालिएका १० जना खेलाडीले पुनरागमन गरेका छन् ।

    रितिक खड्का र आशिष चौधरी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । चोटका कारण सुनिल बल टोलीमा परेका छैनन् । प्रशिक्षक हुमागाईँले कप्तान भने घोषणा गर्नुभएको छैन ।

    नेपालले असोज ११ गते बंगलादेशसँग दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

    नेपाली टिम

    गोलकिपरः किरण चेम्जोङ्ग, विशाल श्रेष्ठ, दिप कार्की, विकेश कुथु

    डिफेण्डरः रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रेजिन धिमाल

    मिडफिल्डरः सुदिप गुरुङ, तेज तामाङ, सेसेहनङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरजज्यु ठकुरी, एरिक विष्ट

    फरवार्डः विमल घर्ती मगर, अन्जन विष्ट, रितिक खड्का, मनिष डाँगी र आशिष चौधरी


    बिहिवार, आश्विन ६ २०७९०३:५९:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij