Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गठबन्धनको बैठक शनिबार ४ बजे बस्ने गरि स्थगित

गठबन्धनको बैठक शनिबार ४ बजे बस्ने गरि स्थगित

  • शुक्रवार, भाद्र २४ २०७९

  • 514
    SHARES

  • गठबन्धनको बैठक शनिबार ४ बजे बस्ने गरि स्थगित

    काठमाडौं । शीर्ष नेताहरुको कार्यव्यस्ताका कारण सत्तारुढ गठबन्धनको बैठक शुक्रबार बस्न सकेन । अब भोलि शनिबार ४ बजे बैठक बस्ने नेताहरुले बताएका छन् ।

    सिट बाँडफाँट टुंगो लगाउन शुक्रबार दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेता र कार्यदल सदस्यहरुको बैठक बोलाइएको थियो । तर नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा इन्द्रजात्रामा सहभागी हुन जानुपर्ने थियो भने गृह जिल्ला रौतहट पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं आइपुग्नुभएन ।

    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि जनकपुर जानुपर्ने भएपछि बालुवाटारमा पुगेका नेताहरु भोलि शनिबार बस्ने गरेर नेताहरु उठेका एक नेताले जानकारी दिनुभयो ।


    शुक्रवार, भाद्र २४ २०७९०७:०१:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij