Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

डा. हरिहरदेव पन्तको स्मृति दिवस कार्यक्रम सम्पन्न

डा. हरिहरदेव पन्तको स्मृति दिवस कार्यक्रम सम्पन्न

  • मंगलवार, भाद्र २१ २०७९

  • 1.1K
    SHARES

  • डा. हरिहरदेव पन्तको स्मृति दिवस कार्यक्रम सम्पन्न

    काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका संस्थापक एवं फादर अफ माइक्रो फाइनान्स डा. हरिहरदेव पन्तको सातौं वार्षिक पुण्य स्मृति दिवसको अवसरमा हरिहरदेव पन्त फाउण्डेशनले निर्धन उत्थान लघुवित्तका लघुउद्यमीलगायत अन्य विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गर्नुका साथै पुस्तक लोकार्पण गरेको छ ।

    देशका सातै प्रदेश, ७७ वटै जिल्लामा रहेका संस्थाका १ सय ८१ वटा शाखाका उत्कृष्ट ग्राहक सदस्यहरुबाट संग्रह गरिएको व्यवसायिक प्रगति, आषाढ २०७९ र समृद्घिको मार्गमा २०७९ पुस्तक लोकार्पण गरिएको हो ।

    आर्थिक क्षेत्रमा योगदान पुर्याउन विद्यार्थीको मनोवल वृद्धि गरी हौसला प्रदान गर्न निर्धन संस्थाद्वारा संचालित डा. हरिहरदेव पन्त शैक्षिक उत्कृष्टता पुरस्कार कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालयबाट मौद्रिक अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा ३ दशमलव ७ अंक प्राप्त गरी सर्वप्रथम स्थान हासिल गर्न सफल भएका जीवन पोख्रेललाई नगद पचास हजारसहित सम्मान–पत्र प्रदान गरिएको छ ।

    त्यस्तै, ग्रामीण विकासमा योगदान पुर्याउन विद्यार्थीको मनोवल वृद्धि गरी हौसला प्रदान गर्न निर्धन संस्थाद्वारा संचालित डा. हरिहरदेव पन्त शैक्षिक उत्कृष्टता पुरस्कार कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर तहमा ३.६५ अंक प्राप्त गरी सर्वप्रथम स्थान हासिल गर्न सफल भएकी दीक्षा राणालाई पुरस्कार स्वरूप नगद पचास हजारसहित सम्मान–पत्र प्रदान गरिएको छ ।


    लघुउद्यमशीलताको क्षेत्रमा कार्य गर्ने लघुउद्यमीहरुको मनोवल वृद्धि गरी हौसला प्रदान गर्न प्रदेश नम्बर १ बाट लघुउद्यमशीलताको क्षेत्रमा उत्कृष्ट लघुउद्यमी/व्यवसायी गीतादेवी शाहलाई डा.हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार स्वरूप नगद पचास हजारसहित सम्मान पत्र प्रदान गरिएको छ ।

    त्यस्तै, पुरस्कृत हुनेमा मधेश प्रदेशबाट लघुउद्यमशीलताको क्षेत्रमा उत्कृष्ट लघुउद्यमी/व्यवसायी शान्ति चौधरी (पचास हजारसहित सम्मानपत्र, बागमती प्रदेशबाट लघुउद्यमशीलताको क्षेत्रमा उत्कृष्ट लघुउद्यमी/व्यवसायी सानुमैया सार्कीलाई यस वर्षको डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार (पचास हजारसहित सम्मानपत्र), गण्डकी प्रदेशबाट लघुउद्यमशीलताको क्षेत्रमा उत्कृष्ट लघुउद्यमी/व्यवसायी शारदा पौडेललाई (पचास हजारसहित सम्मानपत्र), लुम्बिनी प्रदेशबाट लघुउद्यमशीलताको क्षेत्रमा उत्कृष्ट लघुउद्यमी/व्यवसायी करमकासी चौधरीलाई (पचास हजारसहित सम्मानपत्र), कर्णाली प्रदेशबाट लघुउद्यमशीलताको क्षेत्रमा उत्कृष्ट लघुउद्यमी/व्यवसायी गीता नेपालीलाई (पचास हजारसहित सम्मानपत्र), सुदूरपश्चिम प्रदेशबाट लघुउद्यमशीलताको क्षेत्रमा उत्कृष्ट लघुउद्यमी/व्यवसायी अयोध्या देवी डगौरालाई (पचास हजारसहित सम्मानपत्र) रहेका छन् ।

    कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका विशिष्ट अतिथि पुर्व गभर्नर गणेशबहादूर थापा, निर्धन संस्थाका संचालक प्रा.डा. फत्तबहादुर के.सी., सेजनका अध्यक्ष जनार्दन बराललगायत रहनुभएको थियो ।

    कार्यक्रममा माइक्रो फाइनान्स एशोसिएसनका अध्यक्ष जगतबहादुर पोख्रेल, डा. हरिहरदेव फाउण्डेशनका अध्यक्ष जनार्दनदेव पन्तले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सेतोपाटीका पत्रकार विजयराज खनाल सम्मानित हुनुभएको छ ।

     

    1.png

     

    299323964_346426520948755_2328523764090796291_n.png

    ]302191939_1121270445488754_8142582558529430969_n.png

    302636710_1110494409905557_8188750555068062608_n.png

    304809337_624227549407325_8212950586365851150_n.png


    मंगलवार, भाद्र २१ २०७९०७:३२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij