Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेमा फर्केर आउन माधवलाई नेम्वाङको निम्तो

एमालेमा फर्केर आउन माधवलाई नेम्वाङको निम्तो

  • शनिवार, भाद्र १८ २०७९

  • 879
    SHARES

  • एमालेमा फर्केर आउन माधवलाई नेम्वाङको निम्तो

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आफ्ना पूर्वसहकर्मी तथा नेकपा एकीकृत समाजवादीका नेता माधव नेपाललाई एमालेमा फर्कन आह्वान गर्नुभएको छ ।

    एमाले सम्पर्क समन्वय कमिटीले आज काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा नेम्वाङले एकीकृत समाजवादीलाई जनताले अस्वीकार गरिसकेको बताउनुभयो ।

    एमालेबाट २० प्रतिशत सिट लिएर पार्टी फुटाएका माधव नेपालले गठबन्धनको सहारा लिएर पनि स्थानीय चुनावमा ४ प्रतिशत मत पनि कटाउन नसकेको भन्दै उहाँले भन्नुभयो, जनताले अदालतले उहाँहरूको अस्तित्वलाई अस्वीकार गर्‍यो । त्यसैले म विनम्रतापूर्वक र दृढतापूर्वक भन्छु, नेकपा एमालेमा फर्केर आउनुस् ।’

    तर माधव नेपालले जनमत स्वीकार नगरेको उहाँको आरोप छ । ‘उल्टै केही सिटमा मात्रै लडेकाले यति मत आएको, देशभरी ढ्वाङ थापेको भए २५ प्रतिशत मत आउँथ्यो रे ?,’ नेपालको भनाइ स्मरण गर्दै उहाँले भन्नुभयो, ‘के भन्ने ? कुनि के गर्नेलाई भन्दा के गर्नेलाई लाज भन्छ नि ?’

     


    शनिवार, भाद्र १८ २०७९०४:२०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij