Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालले जित्यो केन्या विरुद्धको टी–२० श्रृखंला

नेपालले जित्यो केन्या विरुद्धको टी–२० श्रृखंला

  • मंगलवार, भाद्र १४ २०७९

  • 749
    SHARES

  • नेपालले जित्यो केन्या विरुद्धको टी–२० श्रृखंला

    काठमाडौं । नेपालले घरेलु टोली केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको छ ।

    नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३–२ ले जितेको हो ।

    नेपालले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो ।

    केन्याका लागि नेहेम्याह ओधियाम्बोले सर्वाधिक ३७ रन बनाए । इरफान करिमले २८ रन जोड्दा कोलिन्स ओबुयाले २३ रन बनाए ।

    कप्तान शेम एन्गोचेले अविजित ३३ रन जोड्दा नेल्सन ओधियाम्बो १३ रनमा अविजित रहे ।

    नेपालका सन्दीप लामिछाने र वसिर अहमदले २र२ विकेट लिए ।

    करण केसी, आदील आलम र दीपेन्द्र सिंह ऐरीले १र१ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

    नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रनको अर्धशतकीय इनिङ खेले । उनले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरे । ज्ञानेन्द्रको यो टी–ट्वान्टी अन्तराष्ट्रियमा दोस्रो अर्धशतक हो ।

    यस्तै रोहित पौडेलले ४७ रन बनाए । अर्जुन साउद २९ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी २२ रनमा आउट भए ।

    आदिल आलमले ७ बलमा ४ रन तथा पवन सरार्फले २ बलमा १ रन बनाए । विवेक यादबले २ बलमा २ रन बनाए तथा करण केसीले २ बलमा २ रनका साथ अविजित रहे ।

    केन्याका शेम एन्गोचे, भिराज पटेल र नेहेम्याह ओधियाम्बोले २र२ विकेट लिए । लुकास ओलुओचले १ विकेट लिए ।

    अब नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।

    पहिलो एकदिवसीय खेल शुक्रबार, दोस्रो खेल शनिबार र तेस्रो खेल आगामी सोमबार हुनेछ ।


    मंगलवार, भाद्र १४ २०७९०७:२६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij