Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नागरिकता विधेयक हुबहु अघि बढाउने गठबन्धनको निर्णय

नागरिकता विधेयक हुबहु अघि बढाउने गठबन्धनको निर्णय

  • मंगलवार, श्रावण ३१ २०७९

  • 881
    SHARES

  • नागरिकता विधेयक हुबहु अघि बढाउने गठबन्धनको निर्णय
    काठमाडौं । सत्तारुढ गठबन्धनले नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको छ ।
     
    राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि साझा धारणा बनाउन मंगलबार गठबन्धनको बैठक बसेको थियो । बैठकले दुबै संसद्ले पास भएको विधेयकलाई जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको एक नेताले बताएका छन् ।
     
    १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपतिले उक्त विधेयक सोमबार प्रतिनिधिसभामै फिर्ता पठाउनुभएको थियो । 
     
     


    मंगलवार, श्रावण ३१ २०७९०१:३४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij