Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

  • सोमवार, श्रावण ३० २०७९

  • 524
    SHARES

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ । सोमबार(आज) दिउँसो १ बजे बस्नेगरी बोलाइएको बैठक मंगलबार बिहान ८ बजे बस्नेगरी स्थगित भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

    अध्यक्षको कार्यव्यस्थताका कारण बैठक सरेको बताइएको छ । आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारीबारे छलफल, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल गर्न बैठक बोलाइएको थियो ।

    भोलि बस्ने बैठकमा यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक थप छलफलका लागि संघीय संसदमा फिर्ता पठाएको सन्दर्भमा र नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रको निर्वाचन चिह्न प्रयोग गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।


    सोमवार, श्रावण ३० २०७९११:३२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij