Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माधव नेपाललाई हैरानी, कतिलाई मिलाउने खोई !

माधव नेपाललाई हैरानी, कतिलाई मिलाउने खोई !

  • बिहिवार, श्रावण २६ २०७९

  • 644
    SHARES

  • माधव नेपाललाई हैरानी, कतिलाई मिलाउने खोई !

    काठमाडौं । नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पद र पैसाका निम्ति आफ्नो पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थालेको बताउनुभएको छ ।

    बिहीबार पार्टी कार्यालय आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले पद नपाए गुटबन्दी गर्ने र स्वार्थका निम्ती जे पनि गर्ने प्रवृत्ति आफ्नो पार्टीका साथै नेपालको कम्युनिष्ट आन्दोलनभित्र देखिएको बताउनुभयो ।

    ‘मबाट सुरू गर्ने प्रवृति व्याप्त छ । ‘म’ ले पाइन भने जस्तोसुकै कुकर्म गर्न पनि तयार हुने प्रवृत्तिलाई अन्त्य गरेरै छाड्नुपर्छ । सिद्धान्त र आदर्शप्रति समर्पित हुने भावना राख्नुपर्छ र ‘म’ भन्दा भिन्न सोच राख्ने कुरामा अघि बढ्नुपर्छ ।’

    अध्यक्ष नेपालले जनताका समस्याहरूलाई बुझ्ने गरी पार्टीको असल कार्यकर्ता भएर भूमिका निर्वाह गर्न निर्देशन पनि दिनुभयो ।


    बिहिवार, श्रावण २६ २०७९०२:१५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij