Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

अखिल क्रान्तिकारीका दुवै पक्षलाई प्रचण्डले बोलाए छलफलमा

अखिल क्रान्तिकारीका दुवै पक्षलाई प्रचण्डले बोलाए छलफलमा

  • मंगलवार, श्रावण १७ २०७९

  • 1.8K
    SHARES

  • अखिल क्रान्तिकारीका दुवै पक्षलाई प्रचण्डले बोलाए छलफलमा
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीका दुवै पक्षलाई छलफलमा बोलाउनुभएको छ । 
     
    क्रान्तिकारीमा असन्तुष्टि जनाउँदै पवन कार्कीले समानान्तर समिति नै बनाएर सञ्चालन गरिरहेका छन् ।
     
    विवाद समाधान गर्ने प्रयास स्वरूप प्रचण्डले अध्यक्ष पञ्चा सिंह र कार्कीलाई मंगलबार खुमलटारमा बोलाउनुभएको हो । 
     
    अखिल क्रान्तिकारीभित्रको समस्या अध्ययन गरी सुझाव दिन गठित समितिले प्रतिवेदन बुझाएपछि प्रचण्डले दुवै पक्षलाई छलफलमा बोलाउनुभएको हो । 
     
    रमेश मल्ल नेतृत्वको तीन सदस्यीय समितिले ४ साउनमा प्रचण्डलाई अध्ययन प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन १२ साउनमा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा पेस गरिएको थियो ।
     
    स्थायी समितिले उक्त प्रतिवेदनले दिएको सुझावका अधारमा निर्णय लिनु अघि प्रचण्डले आफूले दुवै पक्षसँग एकपटक छलफल गर्ने इच्छा प्रकट गर्नुभएको थियो । 
     
    अध्ययन समितिले दिएका चार सुझाव
     
    अखिल क्रान्तिकारीभित्रको समस्या समाधान गर्न १९ असारमा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले मल्लको अध्यक्षतामा नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेको समिति बनाएको थियो ।
     
    समितिले दुवै पक्षसँग छलफल गरेर प्रतिवेदन तयार पारेको थियो । समितिले विवादबारे मुख्य चार सुझाव दिएको छ ।
     
    १. संस्थापन पक्षको कारबाही फिर्ता लिने र समानान्तर समिति खारेज गर्ने ।
     
    २. दुवैलाई मिलाएर वा छुट्टै तदर्थ समिति बनाएर राष्ट्रिय सम्मेलन आयोजन गर्ने।
     
    ३. निश्चित उमेर हद लागू गर्ने । असन्तुष्ट कार्की पक्षको माग ३० वा ३२ वर्षको उमेर हद राख्नुपर्ने माग छ।
     
    ४. संस्थापन पक्षले गरेको कारबाहीलाई नै सदर गर्ने । तर, त्यसो गर्दा सङ्गठनको समस्या हल नहुने ।


    मंगलवार, श्रावण १७ २०७९०६:३५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij