Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

शिक्षकमा दुई महिना पढाए पुग्ने र विद्यार्थीमा नपढे पनि पास भइन्छ भन्ने सोचले नतिजा खस्कियो : शिक्षाविद् कोइराला

शिक्षकमा दुई महिना पढाए पुग्ने र विद्यार्थीमा नपढे पनि पास भइन्छ भन्ने सोचले नतिजा खस्कियो : शिक्षाविद् कोइराला

  • बिहिवार, श्रावण १२ २०७९

  • 823
    SHARES

  • शिक्षकमा दुई महिना पढाए पुग्ने र विद्यार्थीमा नपढे पनि पास भइन्छ भन्ने सोचले नतिजा खस्कियो : शिक्षाविद् कोइराला

    काठमाडौं । शिक्षाविद् विद्यानाथ कोइरालाले कोरोना महामारीका कारण शिक्षक र विद्यार्थीले दुई महिनाभन्दा बढी पढ्न र पढाउन नपाएकाले एसईईमा नतिजा कमजोर आएको बताउनुभएको छ ।

    यसपालिको एसईई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा विगत पाँच वर्षयताकै कमजोर देखिएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले हिजो (बुधबार) सार्वजनिक गरेको नतिजाअनुसार ४ लाख ९५ हजार ७ सय ५१ परीक्षार्थीमध्ये ४२ जनाले मात्रै जीपीए ४ मा ४ ल्याएका छन्, जुन संख्या कोरोना महामारीअघि (२०७४ र २०७५) को भन्दा पनि कम हो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग यहि प्रसंगमा कुरा गर्दै शिक्षाविद कोइरालाले विद्यार्थीमा राम्रोसँग नपढे पनि पास भइन्छ भन्ने र शिक्षकमा दुई महिना पढाए पनि पुग्ने रहेछ भन्ने गलत सोच परेकाले यस्तो नजिता आएको दाबी गर्नुभयो ।

    यस्तै उहाँले सिकाइ उपलब्धिमा सुधारका लागि सरकारी नीतिभन्दा पनि नियत परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    कोरोनाकालमा अनलाइन पढाइ प्रभावकारी बनाउनमा सरकार कमजोर बनेको समेत उहाँको आरोप छ । शिक्षामा दलीयकरणका कारण पनि स्तर खस्केको उहाँको टिप्पणी छ ।


    बिहिवार, श्रावण १२ २०७९०८:२१:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij