Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बार्सिलोना छाड्न सक्ने मेसीको संकेत

बार्सिलोना छाड्न सक्ने मेसीको संकेत

  • बुधवार, भाद्र १० २०७७

  • 986
    SHARES

  • बार्सिलोना छाड्न सक्ने मेसीको संकेत

    एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेसी अहिले निरास छन् । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँगको ८–२ को लज्जास्पद हारपछि उनी निरास भएका हुन् ।

    यसैबीच, मेसीले आफ्नो भविष्यबारे मुख खोलेका छन् । झण्डै दुई दशक स्पेनिस जायन्ट बार्सिलोनामा बिताएका मेसीले आफूले क्लब छाड्न चाहेको बताएका हुन् ।

    मेसीले मंगलबार क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउ समक्ष आफूले क्लब छाड्न चाहेको जानकारी गराएका हुन् । उनले यसबारे आफ्नो धारणा क्लबलाई फ्याक्समार्फत पठाएको स्पेनिस मिडिया मार्काले जनाएको छ । मेसीले आफ्नो सम्झौताबाट रिलिज गरिदिन आग्रह गरेको बताइएको छ ।

    क्याम्प नोउ क्लबमा मेसीको सम्झौता अझै १ वर्ष बाँकी छ । तर, च्याम्पियन्स लिग क्वाटरफाइनलमा जर्मन क्लब बायर्नसँगको लज्जास्पद हारपछि मेसीले क्लब छाड्ने मनसाय बनाएका हुन् ।

    च्याम्पियन्स लिगबाट बाहिरिएपछि प्रशिक्षक किकेट सेटिएन बर्खास्तमा परेका थिए । उनको स्थानमा क्लबकै पूर्वखेलाडी रोनाल्ड कोएमन बार्सिलोनाको नयाँ प्रशिक्षक बनेका छन् ।

    मेसीले नयाँ प्रशिक्षक कोएमनसँगको व्यक्तिगत मिटिङमा पनि आफू क्लब भित्रको भन्दा क्लब बाहिरको धेरै भएको जस्तो लागेको बताएका थिए । साथै उनले क्लबमा अर्को सिजन रहनेमा पनि संशय व्यक्त गरेका थिए ।

    मेसीले क्लब छाड्ने चाहने धारणा सार्वजनिक गरेपछि क्लबको आपतकालीन बैठक बोलाइएको स्पानिस रेडियो आरएसी वानले जनाएको छ । आरएसी वानका अनुसार मेसीले आफ्नो सम्झौता रद्द गर्न क्लबसँग आग्रह गरेका छन् ।


    बुधवार, भाद्र १० २०७७०२:१३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij