Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बुटवलको कल सेन्टरबाट डेढ सय युवायुवती पक्राउ

बुटवलको कल सेन्टरबाट डेढ सय युवायुवती पक्राउ

  • आइतवार, श्रावण ८ २०७९

  • 1.4K
    SHARES

  • बुटवलको कल सेन्टरबाट डेढ सय युवायुवती पक्राउ
    काठमाडौं । ठगी गरेको आरोपमा प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा छापा मारेर ७ सञ्चालक सहित डेढ सय युवा युवतीलाई पक्रेको छ ।
     
    जानकीनगरमा ३ वटा फ्ल्याट भाडामा लिई कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
     
    विदेशी नागरिकको लगानीमा खोलिएको यस कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लील सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो । 
     
    पक्राउ पर्ने युवा भने कार्यालयका कर्मचारी हुन् । उनीहरूले आफूहरू जब लिङ्क भन्ने संस्थामार्फत त्यहाँ काममा आएको बताएका छन् ।


    आइतवार, श्रावण ८ २०७९०४:१४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij