Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जसपा फुटेको होइन, केहि साथीहरु छुटेका हुन् : मनीष सुमन

जसपा फुटेको होइन, केहि साथीहरु छुटेका हुन् : मनीष सुमन

  • आइतवार, श्रावण १ २०७९

  • 784
    SHARES

  • जसपा फुटेको होइन, केहि साथीहरु छुटेका हुन् : मनीष सुमन

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता मनीष सुमनले पार्टी विभाजन भयो भन्न नमिल्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सुमनले भन्नुभयो,‘दुखद अवस्था हो, हामी पनि दुखी छौ, तर विभाजन भन्न मिल्दैँन । निश्चित प्रतिशतका साथीहरु छुटेर गएकोलाई विभाजन भन्न सकिन्छ, ५–१० साथी छुटेकालाई केहि पार्टीबाट गए भन्दा हुन्छ त्यसैले विभाजन भन्न सकिन्न ।

    नेता सुमनले उपेन्द्र यादव अध्यक्ष रहेको जसपा अहिले पनि ज्युँ का त्युँ रहेकाले पार्टी नफुटेको तर केहि साथीहरु बर्हिगमन भएको बताउनुभयो ।

    बाबुराम भट्टराईपक्षीय केहि नेता कार्यकर्ता आसन्न निर्वाचनको समयमा छुटेकाले पार्टीका आममतदाता, शुभेच्छुकलाई अफ्ठेरो लाग्न सक्ने बताउँदै नेता सुमनले भन्नुभयो, ‘घाटा त भएको छ पार्टीलाई, तर समय छ, विरगञ्जको ऐतिहासिक केन्द्रिय कार्यसमितीको बैठकले संगठनका केहि नियम प्रस्तावहरु पारित गरेका छौँ, त्यो भनेको प्रत्यक समितीहरुलाई फेरि पुनर्जीवित गर्ने, केन्द्रिय समितीमा जति पनि छन् ती सबैलाई हामीले जिम्मेवारी बाँडफाँट गरेका छौ, प्रत्यक प्रदेश समितीलाई हामीले प्रशिक्षण–अभिमुखिकरण गर्दैछौँ, प्रत्यक वर्गिय संगठनलाई हामीले चुस्तदुरुस्त गर्दैछौँ । अर्थात त्यो भएपछि समयमा धेरै दम हुन्छ, समयले बाबुराम भट्टराईको यो बर्हिगमनको यो दुखलाई जसपालाई बिर्सन बाध्य पार्ने छ र जसपा फेरि पुनर्जीवित हुने छ ।’

    जसपा मधेशको सबैभन्दा ठुलो र बलियो पार्टी भएकाले आसन्न निर्वाचनमा झन् बढि सिट जित्ने दाबी गर्नुभयो । गठबन्धनमा रहेको जसपा आगामी निर्वाचनमा पनि रहिरहने नेता सुमनको भनाइ छ ।

    यस्तै उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई सकारात्मक रुपमा लिएको बताउनुभयो ।


    आइतवार, श्रावण १ २०७९०७:५९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij