Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सबै नागरिकले नागरिकता पाउन भन्नेमा सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाँण

सबै नागरिकले नागरिकता पाउन भन्नेमा सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाँण

  • शुक्रवार, आषाढ ३१ २०७९

  • 672
    SHARES

  • सबै नागरिकले नागरिकता पाउन भन्नेमा सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाँण
    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक कार्यान्वयनमा समस्या देखिए  परिमार्जन हुने बताउनुभएको छ । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै खाँणले यस्तो बताउनुभएको हो ।

    कुनै पनि नागरिक नेपाली नागरिकता पाउनबाट वञ्चित नहुन् भन्ने कुरामा सचेत रहेको र यही नै संविधानको मूल अवधारणा भएको उहाँले बताउनुभयो ।

    गृहमन्त्री खाँणले सबै नागरिकले नागरिकता पाउन भन्नेमा सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो ।  ‘नेपाली नागरिक नागरिकताबाट वञ्चित नहोस्,’ उहाँले भन्नुभयो, ‘नेपाली नागरिकले नागरिकता प्राप्त गर्नै पर्दछ, यो संविधानको मूल अवधारणा पनि हो । त्यसै अवधारणमा आधारित भएर यो विधेयक आएको छ।’

    नारिकता सम्बन्धी विधेयक यो सरकारले नल्याएको भन्दै उहाँले यसमा कसैले जस लिने र कसैलाई दोषारोपण गर्न आवश्यक नरहेको बताउनुभयो । यसका साथै नागरिकता विधेयकमाथि संशोधन प्रस्ताव राख्ने समयावधि सुरु भएको छ ।

    आज विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । अब सांसदहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सक्छन् ।


    शुक्रवार, आषाढ ३१ २०७९०३:५०:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij