Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

संसदमा आज नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत गरिने

संसदमा आज नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत गरिने

  • शुक्रवार, आषाढ ३१ २०७९

  • 928
    SHARES

  • संसदमा आज नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत गरिने

    काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत गरिने भएको छ। बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।

    ११औं अधिवेशनको ४१औं बैठक बस्न लागेको हो। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ। बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल जारी रहनेछ।

    यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताउनु भएको छ ।

    बुधबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको नयाँ नागरिकता विधेयकमाथि बिहीबार सांसदहरुले सैद्धान्तिक छलफलमा आफ्नो धारणा राखेका थिए । सरकारले यो विधेयकक फास्ट ट्र्याकबाट पारित गर्ने तयारी गरेको छ।


    शुक्रवार, आषाढ ३१ २०७९०७:५३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij