Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाली फुटबलको पुनर्संरचना गर्न खेलाडी संघको माग

नेपाली फुटबलको पुनर्संरचना गर्न खेलाडी संघको माग

  • बिहिवार, आषाढ ३० २०७९

  • 594
    SHARES

  • नेपाली फुटबलको पुनर्संरचना गर्न खेलाडी संघको माग
    काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेलाडी संघले फुटबलको वर्तमान संरचनाले विकास सम्भव नभएको भन्दै पुनर्संरचना गर्न माग गरेको छ ।
     
    खेलाडी संघले एन्फाको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै फुटबलको पुनर्संरचना गर्न मागसहित नेतृत्वलाई बिहीबार ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । जसमा फुटबल पुनर्संरचनादेखि एन्फाको प्रतियोगिता क्यालेन्डर व्यवस्थित गर्ने लगायतको माग गरिएको छ ।
     
    ‘फुटबलको वर्तमान संरचनाले खेलाडी र खेलको विकास सम्भव नभएकाले घरेलु फुटबलको संरचनालाई परिवर्तन गर्दै नयाँ खाका तयार गरेर कार्यान्वयन गर्न एन्फा नेतृत्वलाई अनुरोध गरिएको छ ।
     
    यस्तै खेलाडी संघले नेपाली फुटबलको सर्वोच्च संस्था एन्फाको नयाँ नेतृत्व र कार्यसमितिसँग खेलाडी सङ्घ हातेमालो गर्दै सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।
     
    भविष्यमा पनि त्यही गर्विलो इतिहास कायम राख्न र देशको झण्डा अन्तर्राष्ट्रिय क्षेत्रमा फर्फराउन खेलाडी सङ्घ एन्फासँग मिलेर हरेक फुटबल गतिविधिमा सहकार्य गर्न तयार रहेको जनाएको छ ।
     
    पछिल्लो समय खेलाडीको योगदानको अवमूल्यन गर्दै भइरहेका गतिविधि र कार्य सन्तोषजनक नभएको र खेलाडीलाई अपमानजनक रुपमा राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट निकाल्ने मुख्य प्रशिक्षकको पछिल्लो व्यवहारले सिङ्गो फुटबल खेलाडी जगतलाई मर्माहित बनाएको भन्दै खेलाडीलाई सम्मानपूर्वक राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फिर्ता बोलाउने एन्फाको पछिल्लो निर्णयको खेलाडी संघले स्वागत गरेको छ ।
     
    यस्ता छन् खेलाडी संघको माग !
     
    १- खेलाडीलाई वर्षभरी व्यस्त राख्ने गरी एन्फाको प्रतियोगिता क्यालेन्डर व्यवस्थित समय तालिका अनुसार सार्वजनिक गर्न अनुरोध छ ।
     
    २- फुटबलको वर्तमान संरचनाले खेलाडी र खेलको विकास सम्भव नभएकाले घरेलु फुटबलको संरचनालाई पुनर्संरचना गर्दै नयाँ खाका तयार गरेर कार्यान्वयन गर्न एन्फा नेतृत्वलाई अनुरोध छ ।
     
    ३- खेलाडीको स्वास्थ्य बिमा र स्वास्थ्य उपचारका लागि उचित प्रबन्ध गर्नुहुन अनुरोध छ ।
     
    ४-खेलाडी प्रशिक्षक विवादको सन्दर्भमा एन्फाबाट गठित छानविन समितिले दिएको सुझावका आधारमा प्रशिक्षकको विषयमा कार्य अघि बढाउन अनुरोध गर्दछौं ।
     
    ५- पछिल्लो समय अवसरको खोजीमा खेलाडीहरू विदेश जाने क्रम बढेको छ, जसलाई खेलाडी संघले लिएको छ । घरेलु प्रतियोगिता नहुँदा खेलाडीहरू विदेश जाने क्रम बढेका कारण यथाशीघ्र क्लब फुटबलका कार्यक्रमलाई सार्वजनिक गर्न एन्फासँग आग्रह गर्दछौं ।


    बिहिवार, आषाढ ३० २०७९०७:२०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij