काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले र्याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने बताउनुभएको छ ।
उहाँले शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने बताउनुभएको हो ।
‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु,’ उहाँले भन्नुभएको हो ।
यसअघि उहाँले सालिक बनाउन महानगरको १५ लाख रुपैयाँ बजेट छुट्याउनुभएको थियो ।
उहाँले शुक्रबार आफ्नो फेसबुकबाट यमबद्धको सालिक निर्माणसम्बन्धी जानकारी सार्वजनिक गराउनुभएको थियो । यसबारे सरसल्लाहसमेत नगरी एकतर्फी रूपमा प्रस्ताव ल्याएको एक वडाध्यक्षले बताएका थिए।
यसरी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चौतर्फी आलोचना भएको थियो। विरोधपछि महानगरपालिकाको बजेट प्रयोग गरी सालिक बनाउने निर्णयबाट उहाँ पछि हट्नुभएको हो ।